प्रधानमन्त्रीकाे निर्देशन : विमानस्थलमा यात्रुमाथिको सास्ती तुरुन्त बन्द गर्नुहोस्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भिजिट भिसा र श्रम स्वीकृति लिएर विदेश जाने नेपालीलाई विमानस्थलका कर्मचारीले कागजपत्र नपुगेको नाउँमा सास्ती दिने कार्य तत्काल बन्द गर्न निर्देशन दिएका छन् ।

बुधबार बालुवाटारमा दाहालले मन्त्रालयगत छलफलपछि भिजिट भिसा र श्रम स्वीकृति लिएकाहरूलाई विमानस्थलमा सास्ती दिने गरेको गुनासो आएको उल्लेख गर्दै उनले तत्काल सहज वातावरण बनाउन निर्देशन दिएको दाहाल सचिवालयले जनाएको हो ।

‘भिजिट भिसामा जानेलाई कागज पुगेन भनेर विमानस्थलबाट फर्काउने र फेरि केही दिनपछि सेटिङ मिलाएर पठाउने गरेको गुनासो मैंले सुनेको छु, भिजिट भिसामा घुम्न जानेहरूका सम्बन्धमा अध्यागमन कार्यविधिअनुसार गर्नु गराउनु होला । जनतालाई हैरानी दिने काम बन्द गर्नुहोला ।’

प्रधानमन्त्री दाहालले पालिकास्तरसम्म पुगेर वैदेशिक रोजगारी र भिजिट भिसाबारे सचेतनामूलक कार्यक्रम गर्न सम्बन्धित मन्त्रालयको सचिवलाई सुझाएका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१