अनाथ बच्चाका लागि गल्फ खेलाडीले गरिन् ८ करोड दान

काठमाडौं । दक्षिण कोरियाली एक विश्वविख्यात गल्फ खेलाडीले आमाबाबु गुमाएका टुहुरा बालबच्चाको हितका लागि करोडौं रकम दान गरेकी छन् ।

कोरियाली गल्फर शिन जी–याईले आमा र बाबु वा दुवैले आत्महत्या गरेपछि चर्को आर्थिक कठिनाइको सामना गरिरहेका बालबालिकालाई आफूले जितेको पुरस्कारमध्येबाट यसरी सहयोग गरेकी हुन् ।

कोरिया फाउन्डेसन फर सुसाइड प्रिभेन्सन मार्फत हालसालै शिन जी–याईले ती बालबालिकालाई सहयोग गर्ने एउटा परियोजनाका लागि कोरियाली मुद्रा २० मिलियन वोन (४ लाख १४ हजार ९०० अमेरिकी डलर) दान गरिन् ।

एक वा दुवै अभिभावकले आत्महत्या गरी आफ्नो ज्यान लिएर आफ्ना छोराछोरीलाई अनाथ पारेपछि आर्थिक कठिनाइका साथै मानसिक वा भावनात्मक आघात परेको पाईएपछि त्यस्ता बालबालिकाको शैक्षिक र उपचार खर्च प्रदान गर्ने उद्देश्यले यो परियोजना सञ्चालन गरिएको छ ।

पूर्व विश्व नम्बर १ गल्फर शिन जी–याईले दुई प्रमुख सहित ११ एलपिजिए टुर जितेकी छन् । उनले ती बच्चाहरूलाई स्वस्थ हुर्कन मद्दत गर्न २०१७ देखि निरन्तर सहयोग दिँदै आएकी छन् ।

उनले हालसम्म ८५ मिलियन वन दान गरिसकेकी उक्त संस्थाले जनाएको छ ।

‘म खुशी छु कि बच्चाहरूलाई मद्दत गर्न सक्छु’ शिनले भनिन्, “मलाई आशा छ उनीहरूले आशा गुमाउने छैनन् र उनीहरूको सपनाहरू पूरा गर्नेछन् ।’

फाउन्डेसनका अध्यक्ष ह्वाङ ताई–योनले भने, “शिनले लामो समयदेखि नियमित रूपमा आफ्नो न्यानो हृदयले बालबालिकालाई सहयोग गरिरहनुभएकोले हामी शिनप्रति धेरै सम्मान र कृतज्ञ छौं ।’

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१