बागलुङमा प्रसाईंलाई चप्पल प्रहार गर्ने युवक पक्राउ

काठमाडौं । राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियानका राष्ट्रिय संयोजक दुर्गा प्रसाईंलाई बागलुङमा हातपात गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

प्रसाईं उपस्थित कार्यक्रममा चप्पल प्रहार गरेको आरोपमा बागलुङ नगरपालिका-७ का ३५ वर्षीय रामकान्त गौतमलाई प्रहरीले पक्राउ गरेको हो ।

बागलुङको लोकतान्त्रिक चोकमा बिहीबार आयोजित कार्यक्रममा मञ्च चढ्न लाग्दा गौतमले चप्पल प्रहार गरेको भन्दै उनीमाथि प्रसाईं समर्थकले कुटपिट समेत गरेका थिए ।

कार्यक्रममा प्रसाईंले देश बलियो बनाउन नेपाली बलियो हुनुपर्ने बताए । हरेक नागरिक आर्थिक रुपमा बलियो नभए देश बर्बाद हुने उनको भनाइ थियो ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१