• २०८३ साउन १०
  • 2026 July 26, Sunday

यू-१९ विश्वकपमा आज नेपाल र न्यूजिल्याण्डबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । नेपालले आईसीसी यू–१९ विश्वकप २०२४ मा आइतबार न्यूजिल्याण्डसँग पहिलो खेल खेल्दैछ ।

देव खनालको कप्तानीमा रहेको नेपाली युवा टोली कम्तीमा सुपर सिक्स पुग्ने लक्ष्यका साथ दक्षिण अफ्रिमामा छ । नेपालको समूहमा न्युजिल्याण्ड, पाकिस्तान र अफगानिस्तान छन् । नेपाली समयनुसार आज दिउँसो २ बजे नेपाल र न्यूजिल्याण्डबीच खेल हुँदैछ ।

नेपाली युवा खेलाडीलाई आफूलाई प्रमाणित गर्ने यो सबैभन्दा राम्रो अवसर हो । युवा टोलीले एसिया क्षेत्रमा एसोसिएटविरुद्ध आफ्नो क्षमता देखाइसकेका छन् ।

नेपाली यू–१९ टोली

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुल्शन झा, दिपेशप्रसाद कंडेल (विकेटकिपर), विशालविक्रम केसी, सुवास भण्डारी, दीपक बोहरा, दिपक बोहरा, उत्तम रंगु थापा मगर (विकेटकिपर), विपिन रावल (विकेटकिपर), तिलकराज भण्डारी, आकाश चन्द ।

नेपालको खेल तालिका

माघ ७ (२१ जनवरी) आइतबार – नेपालविरुद्ध न्युजिल्यान्ड
माघ १० (२४ जनवरी) बुधबार – नेपालविरुद्ध पाकिस्तान
माघ १२ (२६ जनवरी) आइतबार – नेपालविरुद्ध अफगानिस्तान