कहाँ हराए २४ प्रहरी ?

काठमाडौं । नेपाल प्रहरीले मातहतका विभिन्न पदमा कार्यरत २४ प्रहरी कर्मचारीलाई सम्पर्कमा आउन सार्वजनिक सूचना निकालेको छ । बेरोजगारीले देश छोड्नेको लर्को छ । तर प्रहरीमा जागिर भएर पनि यी २४ जना भने जागिर छोडेर सम्पर्कविहीन छन् ।

बुधबार प्रहरी प्रधान कार्यालयले लामो समयदेखि हाजिर नभएर सम्पर्कविहीन रहेका २४ प्रहरी कर्मचारीलाई सम्पर्कमा आउन ताकेता गरेको हो ।

कार्यालयका अनुसार सम्पर्कविहीन हुनेहरूमा ५ जना सहायक निरीक्षक (असई), २ जना सहायक हवल्दार र बाँकी जवानहरू छन् ।

कार्यालयले उनीहरुलाई ७ दिनभित्र सम्पर्कमा आउन सूचित गरेको छ । यो अवधिमा पनि हाजिर हुन नआए सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयको तयारी छ । जसअनुसार सल्यानका विनोद बिक गत भदौ २४ गतेदेखि नै हाजिर भएका छैनन् ।

प्रहरी सहायक निरीक्षकहरु लोकराज भण्डारी, मुकेशबहादुर बम्जन, विवेक बराल, रामबाबु राउत र रुद्रबहादुर काउचा सम्पर्कविहीन छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१