काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रियसभा सदस्यको निर्वाचनमा मतदान नगर्ने भएका छन् ।
मेयर बालेनको कार्यव्यस्तताका कारण उनी निर्वाचनमा सामेल नभएको मेयर बालेनका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए । मेयर शाहका प्रमुख स्वकीय सचिव भूपदेव शाहका अनुसार आज बिहान ९ बजेबाट बागमती प्रदेशको हेटौँडामा भइरहेको राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न मेयर शाह नजाने भएका हुन् ।
‘कार्यव्यवस्ताका कारण उहाँ मतदान गर्न जानहुँदैन,’ भूपदेवले भने । तर एमालेबाट निर्वाचित काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डङ्गोल भने मतदानका लागि हेटौँडा पुगेकी छन् ।