चिनियाँ उपमन्त्री सुन नेपालमा

काठमाडौं। चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान नेतृत्वको प्रतिनिधि मण्डल नेपाल आइपुगेको छ ।

माल्दिभ्स, बङ्गलादेश हुँदै आज नेपाल आइपुगेका हुन् । उनी चार दिनसम्म नेपाल भ्रमणमा रहने बताइएको छ ।

सो क्रममा उनले राष्ट्रपति, प्रधानमन्त्री, विभिन्न दलका शीर्ष नेतालाई भेटघाट गर्नुको साथै माघ १४ गते हुने एउटा राजनीतिक गोष्ठीमा सहभागी हुने बताइएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७