अफगानिस्तानविरुद्ध नेपालको उत्कृष्ट सुरुवात

काठमाडौं । नेपालले आईसीसी यू–१९ विश्वकप २०२४ मा आफ्नो समूह चरणको अन्तिम खेलमा अफगानिस्तानसँग उत्कृष्ट सुरुवात गरेको छ । सुरुवाती दुई ओभरमै दुई विकेट लिँदै नेपालले सानदार सुरुवात गरेको छ । त्यस्तै छेठौं ओभरमा आकाश चन्दले जमसिन जार्धनको विकेट लिए ।

तीव्र गतिका बलर गुलशन झाको पहिलो ओभरको चौथो बलमा अफगानिस्तानका ओपनर नौमान साह टप एज लागेर दीपक डुम्रेबाट क्याच आउट भए । आकाश चन्दको दोस्रो ओभरको तेस्रो बलमा एज लागेर खलिद टनिवाल विकेटकिपर विपिन रावलबाट क्याच आउट भए । दुबै ब्याटर शून्यमा आउट भएपछि अफगानिस्तान दबाबमा परेको छ ।

बफेलो पार्क इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानले ६ ओभरमा ३ विकेट गुमाउँदै २३ रन बनाएको छ ।

नेपालले आजको खेलमा टोलीमा दुई परिवर्तन गरेको छ । दीपक बोहरा र तिलकराज भण्डारीलाई खेलाएको छ ।

 

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७