अफगानिस्तानले नेपाललाई दियो १ सय ४६ रनको लक्ष्य

काठमाडौं । अफगानिस्तानले आइसिसी यु-१९ विश्वकपमा समूह चरणको अन्तिम खेलमा नेपालसामू १ सय ४६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

दक्षिण अफ्रिकाको बफेलो पार्क क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले ओभरमा ४०.१ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४५ रनको योगफल तयार पारेको थियो ।

अफगानिस्तानका अल्लाह मोहम्मद घनजफरले ३७, कप्तान नासिर खान मारुफखिलले ३१, फ्रिडोन दाउदजाइले २९ र हसन इसाखिलले २० रन बनाए । नवौं विकेटका लागि मारुफखिल र दाउदजाइले ५५ रनको साझेदारी गरे ।

नेपालका लागि आकाश चन्दले आठ ओभरमा ३४ रन खर्चिएर पाँच विकेट लिए । यसैगरी दिपेश कँडेलले दुई तथा गुल्सन झा, सुवास भण्डारी र तिलकराज भण्डारीले समान एक विकेट लिए ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१