नेपाल यू-१९ विश्वकपको सुपर सिक्समा

काठमाडौं । नेपाल दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप क्रिकेटको सुपर सिक्समा पुगेको छ ।

समूहको अन्तिम खेलमा शुक्रबार अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै नेपाल सुपर सिक्समा पुगेको हो।

अब सुपर सिक्समा नेपालले समूह ‘ए’ का भारत, बंगालदेश र आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

अफागनिस्तानसँग कठिन जित निकाल्ने क्रममा नेपालले १४६ रनको लक्ष्य ९ विकेटको क्षतिमा ४४.४ ओभरमा पूरा गर्‍यो ।

नेपालको जितमा कप्तान देव खनालले अर्धशतक प्रहार गरे ।

त्यसअघि ओपनरद्वय अर्जुन कुमाल १० रन, विपिन रावल ३ रन र त्यसपछि ब्याटिङमा आएका गुल्सन झा १ रनमा आउट भएका थिए ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१