नेपालसँगको मित्रताको कदर गर्छौँ : भारतीय प्रधानमन्त्री माेदी

काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई धन्यवाद दिएका छन् ।

भारतको गणतन्त्र दिवसको अवसरमा नेपालले दिएको शुभकामनामा मोदीले धन्यवाद दिएका हुन् । सामाजिक सञ्जाल एक्स मार्फत ट्विट गर्दै धन्यवाद दिएका हुन् ।

सामाजिक सञ्जाल एक्समा मोदीले लेखेका छन्, ‘धन्यवाद @PM_nepal_ तपाईको गणतन्त्र दिवसको शुभकामनाको लागि। भारतले नेपालसँग लामो समयदेखिको मित्रताको कदर गर्छौँ ।’

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१