नेपालको धर्म र राष्ट्रियता क्षयीकरण भयो  : राप्रपा उपाध्यक्ष मिश्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वष्ठि उपाध्यक्ष रविन्द्र मिश्रले नेपालको धर्म र राष्ट्रियतामा क्षयीकरण आएको टिप्पणी गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित राष्ट्रियताको सन्दर्भमा ‘गणतन्त्रको डेढ दशक’ विषयक विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष मिश्रले नेपालको सभ्यता, धर्म र संस्कृतिमा यो स्तरको आक्रमण कहिल्यै नभएको बताए ।

उनले भने,‘राष्ट्रियता भनेको नेपालको माटो हो । धर्म हो । संस्कृति हो । नेपालको राष्ट्रियता, धर्म र संस्कृतिमा क्षयीकरण आएको छ । नेपालको राष्ट्रियता, धर्म र संस्कृतिमा यो स्तरको आक्रमण भएको कहिल्यै भएको देखेको छैन ।’

नेपाल भारत र चीन जस्ता विशाल चट्टानको बीचमा रहेको तरुल भएको भन्दै उनले उत्तेजक राष्ट्रवादबाट नभई सौम्य राष्ट्रवादबाट उनीहरुसँग डिल गर्नुपर्ने बताए ।
दक्षिणी छिमेकीसँग अझ संवेदनशील भएर प्रस्तुत हुनुपर्ने उनको भनाई थियो । उनले भने, ‘हामी ति विशाल चट्टानहरुमा लगेर टाउको ठोक्कयौं भने आफ्नै टाउको फुट्छ । यस्तो गर्नु भएन । हामी सौम्यवादका उनीहरुसँग संवाद गर्न आवश्यक छ । ’ अहिलेको नेतृत्व यसरी डिल गर्न सक्छ भन्दै उनले प्रश्न गरे ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१