काठमाडौं । नेपालगञ्जमा बिहान बाक्लो हुस्सु लाग्न थालेपछि मुगु र हुम्लामा हवाई सेवा प्रभावित बनेको छ ।
नेपालगञ्जमा दिउँसो १२ बजेसम्म बाक्लो हुस्सु लाग्ने र १२ बजेपछि आकाश खुल्न थालेपछि फेरि मुगु र हुम्लामा हावा चल्ने गरेपछि हवाई उडान प्रभावित बन्ने गरेको छ । जसका कारण सयौं यात्रुहरु अलपत्र परेका छन् ।
हुस्सुका कारण हुम्लामा पाँच दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ भने मुगुमा चार दिनदेखि उडान नहुँदा यात्रुहरु बिहान ताल्चा एयरपोर्ट जाने र बेलुका गमगढी फर्कने गरेका छन् ।
तीन दिन पहिले नेपालगन्जमा परीक्षा दिन ताल्चा एयरपोर्ट गएको तर जहाज नउडेपछि परीक्षा छुटेको कुमार शाहीले बताए । कारण हवाई सेवा अवरुद्ध हुँदा रारा घुम्ने पर्यटक पनि प्रभावित छन् ।