संघीय संसदअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन संसदीय टोली भारतको राजधानी नयाँ दिल्ली पुगेको छ।
मंगलबार त्रिभुवन विमानस्थलबाट नयाँ दिल्ली प्रस्थान गरेको टोलीलाई दिल्ली विमानस्थलमा स्वागत गरिएको छ।
नेपाली प्रतिनिधिमण्डलको स्वागत भारतीय संसदका सहसचिवले गरेका थिए।