• २०८३ असार १६
  • 2026 June 30, Tuesday

एमाले संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । नेकपा (एमाले) संसदीय दलको बैठक आज बस्ने भएको छ ।शनिबार मध्याह्न १२ बजे बानेश्वरमा सुरु हुने बैठक आइतबार पनि बस्ने छ ।आज र भोलि दुई दिन बस्ने बैठकमा आगामी संसद्मा एमालेले खेल्ने भूमिकाबारे बृहत रुपमा छलफल हुने सचेतक महेश बर्तौलाले जानकारी दिए ।

अबको संसद् कसरी प्रभावकारी बनाउने, सदनमा पार्टीका सांसदले कस्तो भूमिका निर्वाह गर्ने भन्नेलगायतका विविध विषयमा एमालेले छलफल गर्न लागेको हो ।संसद्को हिउँदे अधिवेशन यही माघ २२ गते दिउँसो ४ बजेका लागि आह्वान भएको छ । यही माघ २४ गते प्रतिनिधि सभामा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् ।त्यसअघि एमालेको संसदीय दलको बैठक बस्न लागेको हो ।