दाङ एक प्रहरी जवानले श्रीमती र छोराको हत्या गरेका छन्

दाङ । दाङमा प्रहरी जवानले आफ्नो श्रीमती र छोराको हत्या गरेका छन् । दुई महिना अघि प्रहरी जवान बाँकेबाट दाङ सरुवा भएकार आएका थिए । ३२ बर्षीय प्रहरी जवानको स्थाइ घर रोल्पा हो । जवान पिमलाल नेपालीले आइतबार विहान ७ बजे २२ बर्षीय श्रीमती टीका विक र अढाई बर्षका छोरा सुशान्त नेपालीको हत्या गरेका हुन् ।

श्रीमती र छोराको हत्या गरेर नेपाली आफै प्रहरी कार्यलमा आत्मा समरमण गरेका छन् । पिमलालले श्रीमतीले अनावश्यक दबाब दिदै आएकाले हत्या गरेको स्वकार गरेका छन् । आइतबार विहान ७ हत्या गरेको भन्दै ८ बजे प्रहरी कार्यालय पुगेको दाङका प्रहरी प्रवक्ता डियसपी जनक बहादुर मल्ले जानकारी दिए

शनिवार बिदा मागेर नेपाली घोराहीको सहिद गेटस्थित सुपरलज होटलको कोठा नं १ मा श्रीमती र छोरासहित बसेको खुलेको छ। आइतबार बिहान घरयासी विषयमा विवाद भएपछि सलले घाँटी कसेर श्रीमती र छोराको हत्या गरेको उनले प्रहरीलाई बताएका छन्।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१