• २०८३ असार १६
  • 2026 June 30, Tuesday

अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको टोलीले भेट्यो उत्तर प्रदेशका राज्यपाल पटेल र मुख्यमन्त्री योगी

काठमाडाैं । भारत भ्रमणमा रहेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको टोलीले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र राज्यपाल आनन्दीबेन पटेलसँग शिष्टाचार भेटवार्ता गरेको छ।

मंगलबार समितिको टोलीले मुख्यमन्त्री योगीलाई लखनउस्थित् उनकै निवासमा भेटवार्ता गरेको हो। भेटवार्तामा दुई देशबीचको आपसी सहयोग र सद्‍भावका विषयमा छलफल भएको बताइएको छ।

यस्तै, प्रदेश राज्यपाल पटेलसँग नेपालका विश्वविद्यालयसँग एमओयूमा हस्ताक्षर गरेका उत्तर प्रदेशका विश्वविद्यालयले आपसी शैक्षिक आदानप्रदान, भाषा अध्यापन, विद्यार्थीहरूको शैक्षिक भ्रमण प्रवर्द्धनलागयतका विषयमा छलफल भएको राज्यपाल पटेलको सचिवालयले जनाएको छ।

राज्यपाल पटेलको तर्फबाट समितिका सदस्यहरूलाई पुस्तक र मायाको चिन्ह उपहार प्रदान गरिएको उनको सचिवालयले जनाएको छ।

समितिको टोलीमा सभापती राजकिशोर यादवसहित सुनीता बराल, छिरिङबहादुर ल्हामु लामा तामाङ, सम्झना थपलिया, योगेश गौचन, हरि उप्रेती, शिशिर खनाल र गंगाराम चौधरी रहेका छन्।