वन्डर म्यान’ को सेटमा दुर्घटना, एकको मृत्यु

क्यालिफोर्निया(बीबीसी) । छायाङ्कनरत मार्बल टेलिभिजन सिरिजको ‘वन्डर म्यान’ सेटमा एक टिम सदस्यको दुर्घटनामा परी मृत्यु भएको छ । ती व्यक्तिको सेटमा रहेको अग्लो छानाबाट खसेर मृत्यु भएको हो ।

यो घटना लसएन्जल्समा रहेको राडफोर्ड स्टुडियो सेन्टरमा भएको हो, जुन समयमा सिरिजको छायाङ्कन भएको थिएन । ती व्यक्ति सिरिजका लागि तयार पारिएको घरको बरण्डामा काम गरिरहेका थिए । दुर्घटनामा घाइते भएका उनको केही समय पछि मृत्यु भएको हो ।

द अकुपेसनल सेफ्टी एण्ड हेल्थ एडमिनिस्ट्रेसन(ओएसएचए) कारण दुर्घटना भएका हो भनेर अनुसन्धान गरेको छ ।

‘हाम्रो गहिरो समवेदना उनको परिवार र साथीहरुलाई छ, हाम्रो समर्थन यो दुर्घटनापछि गरिएको अनुसन्धानलाई छ’, मार्बलका प्रवक्ताले जारी गरेको विज्ञप्तीमा भनिएको छ । मार्बलले मृतकको नाम खुलाएको छैन ।

याह्या अब्बल–मतिन द्वितिय र बेन किङ्सलेको अभिनय रहने ‘वन्डर म्यान’को छायांकन हालैको हलिउड हड्तालले रोकिएपछि ढिलाई भएका थियो । यसको छायाङ्कन आगामी मार्चबाट पुनः सुरु गर्ने तयारी भइरहेको थियो ।

डिस्ने प्लसको सिरिज सिमोन विलियम्समा केन्द्रीत छ, जो अलौकिक शक्तिहरुले उपहार पाएपछि सुपरहिरोहरुको संसारमा सामेल हुन्छन् । फिल्म र टेलिभिजन सेटमा मृत्यु र गम्भीर घाइते अपेक्षाकृत दुर्लभ मानिन्छ । हालैका वर्षहरुमा धेरै उच्च–प्रोफाइल घटनाहरु बढ्दै गएका छन् ।

सन् २०२१ मा फिल्म ‘रस्ट’को सेटमा बन्दुक चल्दा ४२ वर्षीया हलिना हचिन्सको मृत्यु भएको थियो । यो घटनामा निर्देशक जोएल सुजा घाइते भएका थिए ।

गत वर्ष मोरोक्कोमा फिल्म ‘ग्लाडिएटर’को सिक्वेलको छायाङ्कन भइरहँदा स्टन्ट सिक्वेन्स गलत भएपछि सेटमा धेरै जना घाइते भएका थिए । सन् २०१८ मा टेलिभिजन सिरिज ‘पावर’को सेटमा कारको ठक्करबाट एक प्रोडक्सन सहायकको निधन भएको थियो ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१