नापी कार्यालयका सर्भेक्षक एक लाख रुपैयाँ घुससहित पक्राउ

काठमाडौं । सेवाग्राहीबाट लिएको एक लाख रुपैयाँ घुससहित नापी कार्यालय कलंकीका सर्भेक्षक र अर्का एक लेखापढी व्यवसायी पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार नापीका सर्भेक्षक लक्ष्मी प्रसाद चौलागाई र उनीसँग मिलेमतो गर्ने लेखापढी व्यवसायी नेत्रमणि पोखरेललाई पक्राउ गरेको हो ।

दुई जना मिलेर जग्गा हालसाबिक एवं कित्ताकाट गरी पुर्जा उपलब्ध गराइदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको उजुरीका अख्तियारको टोलीले कार्यालयबाटै पक्राउ गरेको हो । चौलागाई र पोखरेललाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित नापी कार्यालयबाट नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१