४३ जिल्ला न्यायाधीशका लागि आवेदन खुल्यो

काठमाडौं । न्याय सेवा आयोगले ४३ जना जिल्ला न्यायाधीशका लागि आवेदन माग गरेको छ । आयोगको परीक्षा महाशाखाले शुक्रबार सूचना जारी गर्दै जिल्ला न्यायाधीशको आन्तरिक खुला, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको लागि विज्ञापन गरेको हो ।

नेपालको संविधानको धारा १४९ को उपधारा ९२० को खण्ड (ख) र (ग) बमोजिम देहायको समूहमा जिल्ला न्यायाधीशको पदमा प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नका लागि योग्यता पुगेका उम्मेदवारहरूले दरखास्त दिन पाउने जनाएको छ ।

महाशाखाका अनुसार आन्तरिक खुलातर्फ २१, खुलातर्फ १२, महिला ४, आदिवासी÷जनजाति २, मधेशी २, दलित १ र अपाङ्गता भएकाहरूका लागि १ पदमा विज्ञापन खुलेको हो ।

आवेदन विज्ञापन सूचना प्रकाशन भएको मितिले ३० दिन र दोब्बर दस्तुर तिरी थप ७ दिनसम्म गर्न पाइनेछ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१