युवाहरुका लागि एकीकृत जीवन उपयोगी सिप विकास तालिम सम्पन्न

काठमाडाैं । एभरेष्ट क्लव दैलेखले पावर परियोजना मार्फत ५ दिने एकीकृत जीवन उपयोगी सिप सम्बन्धी तालिम सम्पन्न गरेकाे छ । तालिम माघ २२ देखि २६ गतेसम्म संचालन गरिएको थियो । परियोजनाको कार्यक्षत्र अन्तर्गत नारायण नगरपालिकाका ३० जना युवाहरुलाई तालिम दिइएकाे थियाे । जसमा महिला २४ र पुरुष ६ जनाको उपस्थिति रहेको थियो ।

एकीकृत ५ दिने जीवन उपयोगी सिप तालिमले युवाहरुको ज्ञान सिप तथा धारणाको विकास गर्ने उदेश्यका साथ संचालन गरिएको एभरेष्ट क्लव दैलेखका सदस्य एवम् पावर परियोजना फोकल पर्सन दिपक केसीले जानकारी दिए । जीवन उपयोगी सिप तालिमका ११ वटा सिपलाई प्रयोग गरी तालिम सहजीकरण गरिएको प्रशिक्षक बाबुराम आचार्य र टेकराज न्यौपानेले जानकारी दिए ।

साथै, यस ५ दिने एकीकृत जीवन उपयोगी सिप विकास सम्वन्धी तालिमबाट युवाहरुमा कार्यक्रमले विशेषगरी समस्या समाधान, निर्णय लिने क्षमता तथा संवेग नियन्त्रण लगायत ११ वटा जीवन उपयोगी र प्रजनन् स्वास्थ्य, महिनावारी स्वछ्ता तथा हरित सिप, हरित मानसिकता र हरित रोजगारी बारेमा आफूहरुले जानकारी पाएको र यसले आफूहरुको व्यक्तित्व विकासमा सहयोग पुगेको तालिममा सहभागी नारायण नगरपालिका ४ की कल्पना कुमारी सुनारले बताइन् ।

समापन कार्यक्रममा सहभागी हुनु भएका नारायण नगरपालिका सामाजिक शाखा प्रमुख खमबहादु थापाले एभरेष्ट क्लव दैलेखले सहयोग गरेका कार्यक्रम एकदमै प्रभाभवकारी रहेको र समुदायमा जादा यसको सकरात्मक प्रभाव देखिएको जानकारी दिँदै तालिमको प्रभावकारी कार्यान्वयनको शुभकामना दिए ।

तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै नारायण नगरपालिका नगर उप प्रमुख तप्ता कुमारी खड्का थापाले ५ दिने एकीकृत जिवन उपयोगी तालीमका सहभागीहरुलाई शुभकामना दिँदै तालिममा छलफल भएका तथा सिकिएका बिषयवस्तु लाई आफ्नो जिवनमा लागु गर्न अनुरोध गर्दै यस तालिमले युवाहरुको जीवनलाई थप सहज बनाउन र सफल जिवनयापनका लागि उनीहरुको व्यवसाय प्रवर्द्धन तथा आगामी योजना बनाउन सहयोग पुग्ने जानकारी दिइन् ।

उनले एभरेष्ट क्लव दैलेखले सेभ द चिल्ड्रेनको सहयोगमा पावर परियोजनाले नारायण नगरपालिकामा उद्यमशीलताका क्षेत्रमा, शिक्षा र स्वास्थ्य र सरसफाईका क्षेत्रमा प्रभावकारी काम गरेकोमा विशेष धन्यवाद पनि दिइन् । नगरपालिकाले शिक्षा, स्वास्थ्य तथा जिविकोपार्जनलाई विशेष प्राथमीकतामा राखेको जानकारी पनि उनले गराइन् ।

सेभ द चिल्ड्रन र एभरेष्ट क्लव दैलेखको साझेदारीतामा संचालित पावर परियोजना दैलेख जिल्लाको नारायण नगरपालिका र दुल्लू नगरपालिकामा सञ्चालनमा रहेको छ । यस परियोजना मार्फत शिक्षा, जिविकोपार्जन र स्वास्थ्य क्षेत्रमा काम भइरहेको छ । जस अन्तर्गत यस वर्ष सन् २०२४ मा दुल्लू र नारायण नगरपालिकामा ३८० जना बालबालिका तथा युवाहरुलाई एकिकृत जिवनउपयोगी सिप तालिम, ६० जना युवाहरुलाई लघु उद्यम तथा सिप विकास तालिम, ७० जना बालबालिकाहरुलाई छात्रबृति सहयोग, विपन्न परिवारमा वास सहयोग अन्तर्गत ३५ वटा घरधुरीलाई शौचालय सहयोग, १ वटा विद्यालयमा वास अन्तर्गत शौचालय निर्माण र २ वटा स्वास्थ्य संस्थामा किशोर किशोरी मैत्री स्वास्थ्य सेवाका लागि वास सहयोग गर्ने लगायतका योजना रहेको परियोजना संयोजक भुपेन्द्र खत्रीले जानकारी दिए ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१