‘म परलोक जाँदैछु’ स्टाटस लेखेर हराएका मैनालीको खोजी जारी

काठमाडौं । अमेरिकामा रक्तदान गरेर चर्चा कमाएका अर्जुन मैनाली फेसबुकमा संवेदनशील स्टाटस राखेर सम्पर्कविहीन भएका छन् । उनले लामो स्टाटसमा ‘म परलोक जाँदैछु’ लेखेका थिए ।

मैनाली सम्पर्कविहीन भएको उनका आफन्त र निकटका साथीहरुले जनाएका छन् । उनले फेसबुकमा स्टाटस राखेर लगत्तै उनको खोजी कार्य शुरु भएको थियो ।

तर केही निकटहरुका अनुसार उनी बसेको नर्थक्यारोलीबाट कही माईल टाढा उनको गाडी भेटिएको बताएका छन् । प्रहरीको निगरानीमा रहेको उक्त स्थानबाट थप जानकारीहरु प्राप्त भइसकेको छैन् ।

मैनालीले पारिवारीक झैझगडाका कारण आफूले अग्नीदाह गर्न लागेको पनि स्टाटसमा उल्लेख गरेका छन् । मैनाली अमेरिकाको नर्थ क्यारोलिनामा परिवारका साथ बस्दै आएका थिए ।

विभिन्न देशमा पुगेर २०६ औं पटक भन्दा बढी रक्तदान गरिसकेका मैनाली अमेरिकामा नेपाली समुदायमाझ लोकप्रिय थिए । मैनालीले ६ वटा महादेशका २० देशमा पुगेर रक्तदान गरेका थिए ।

सन् २००० मा अमेरिकन एसोसिएसन अफ ब्लड बैंकको वार्षिक सम्मेलनको निमन्त्रणामा अमेरिकाको वासिङ्टन डिसी पुगेका उनी त्यसपछिदेखि अमेरिकामै बस्दै आएका थिए ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१