बाघको आक्रमणबाट एकै गाउँका १९ खसीबाख्रा मरे

काठमाडौं । मकवानपुरको पुर्वीबकैया गाउँपालिकामा बाघको आक्रमणबाट १९ वटा खसीबाख्रा मरेका छन् ।

बकैया गाउँपालिका–६ स्थित सुधामा चरण क्षेत्रमा बाघको आक्रमणबाट तीन जना कृषकका १९ वटा बाख्रा र खसी मरेका छन् ।

आइतबार घर नजिकै पाखामा चराउन छाडेका खसी बाख्रालाई बाघले आक्रमण गरेको वडाध्यक्ष फूलमान भोम्जनले जानकारी दिए ।

उनका अनुसार स्थानीय डम्बर बहादुर बोम्जमको ११ वटा खसीबाख्रा बाघले मारेको छ । यस्तै, सोही ठाउँकी कान्छिमाया भोम्जमको ५ र गंगाराज भोम्जमको तीनवटा बाख्रा बाघले मारेको अवस्थामा फेला परेको हो ।

‘घर नजिकैको पाखामा चरनका लागि खसिबाख्रा छोड्ने गरेका थिए।’ वडाध्यक्ष भोम्जनले थपे, ‘सोही बेलामा बाघले तीन घरको १९ वटा बाख्रा र खसी मारेछ । सबै बाख्राहरुको गर्धनमा आक्रमण भएको पाइएको छ,’ वडाध्यक्ष भोम्जनले भने ।

आक्रमणबाट कुनै मानवीय क्षति भएको छैन तर, १९ ओटा खसीबाख्रा मर्दा किसानहरुको लाखौं रूपैयाँ बराबरको क्षति भएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१