काठमाडौं । आईसीसी विश्वकप लिग २ को पहिलो खेलमा नामिबियाविरुद्ध नेपालको ब्याटिङ धराशायी बनेको छ । नेपालले ३५.३ ओभरमा ९ विकेट गुमाइसकेको छ ।
नेपालका लागि भिम सार्कीले ४४ रन, गुलसन झा २१ रन, कुशल मल्ल १५ रन र पवन सराफले १२ रन बाहेक बाँकी ५ खेलाडीले दोहोर अंक बनाउन सकेनन् । नेपाल अहिले ३५.३ ओभर सकिँदा ९ विकेटको क्षतिमा १२१ रन बनाएर खेलेको छ ।