• २०८३ असार १४
  • 2026 June 28, Sunday

सोमपालले लिए ३ विकेट, नेपाललाई पाचौँ सफलता

काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले दिएको १३३ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरिरहेको नामिबियाले दुवै ओपनरसहित पाँच विकेट गुमाएको छ।

नेपालका लागि दुवै ओपनरको विकेट ललितनारायण राजवंशीले लिए भने बाँकी तीन विकेट सोमपाल कामीले दिए।

ओपनिङ ब्याटर निकोलास डेभिनलाई नेपालका ललितनारायण राजवंशीले १५ रनमा कुशल भुर्तेलबाट क्याच गराए। यस्तै दोस्रो विकेटको रुपमा ललितले ओपनर माइकल भानलाई २३ रनमा आउट गरे।

यस्तै सोमपाल कामीले नामिबियाका कप्तान जेराल्ड इरासमसलाई ८ रन र जान फ्राइलिंकलाई ३४ रनमा आउट गरे। दुवैलाई सोमपालले २१औं ओभरमा क्याच आउट गराए।

त्यतिबेला नामिबियाले २१ ओभरमा ४ विकेटको क्षतिमा ८२ रन जोडेको थियो।