जनकपुरधाममा फागुन १० गते देखि तीन दिवसीय साहित्य महोत्सव हुँदै

काठमाडौं । नव मिथिला फाउण्डेशनको आयोजनामा फागुन १० गते देखि जनकपुरधाममा तीन दिवसीय साहित्य महोत्सव सुरु हुने भएको छ ।

आयोजकले राममन्दिरको प्रांगणमा १० देखि १२ फागुनसम्म चल्ने साहित्य महोत्सवमा समाज, भाषा, संस्कृति, साहित्य, राजनीति लगायतका विभिन्न १४ छलफल र ४ वटा विषयमा प्रवचन समावेश गरिएको जनाएको छ ।

‘चाहियो रंगशाला’, किताब उपर समीक्षा, कसरी हुन्छ निर्णय ?, नव उद्यमी र उद्यमशीलता, स्वस्थ मधेश, सम्पदा, संस्कार र साहित्य, शिक्षाको नयाँ आवश्यकता र परिभाषा, मधेशको श्रम यात्रा, बोल्ने स्वतन्त्रता, ‘साँस्कृतिक सम्बन्धको डोरी, मौन चित्कार र संघीयता गलत अभ्यास वा कमजोर परिकल्पना’ जस्ता १४ वटा शीर्षकमा विमर्श हुने आयोजक नवमिथिला फाउन्डेसनका अध्यक्ष अमित साहले बताए ।

तीनै दिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरू सांगीतिक कार्यक्रम हुने साहले जनाइको छ । उनले विगत पाँच वर्षदेखि फाउण्डेशनले जनकपुरमा साहित्य महोत्सव गर्दै आएको जनाए ।

उक्त महोत्सवमा यसपटक वतृत्वकला, कविता र शिल्पकला प्रतियोगिता पनि हुने फाउण्डेशनका उपाध्यक्ष आदित्य नेपालले बताए ।

महोत्सवमा किताबको लोकार्पण, स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकारको प्रस्तुतिसँगै विद्यार्थी, राजनीतिज्ञ, कलाकार, संगीतकार, लेखक, पत्रकार र साहित्यप्रेमीहरुको उपस्थिति रहने आयोजकले जनाकारी दिएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१