• २०८३ असार १७
  • 2026 July 01, Wednesday

जनयुद्धमा माओवादी, विभाजनमा एमाले, अब फेरि माओवादीमैः दीपेन्द्र कुँवर ‘यथार्थ’को पुनरागमन

काठमाडौं । बैतडी कुवाकोट निवासी तथा नेकपा (एमाले) केन्द्रीय परिषद् सदस्य दीपेन्द्र कुँवर ‘यथार्थ’ ले एमाले परित्याग गर्दै पुनः नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्।

जनयुद्धकालमा माओवादी आन्दोलनमा सक्रिय रहेका कुँवर, पार्टी एकीकरणपछि एमालेतर्फ लागेका थिए। नेकपाको विभाजनपछि उनी एमालेमै रहे पनि अहिले फेरि मूल घर (माओवादी केन्द्र) फर्किएका हुन्।

कुँवरलाई माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खुमलटारस्थित आफ्नै निवासमा स्वागत गरेका छन्।

बैतडी जिल्ला इन्चार्ज नरेन्द्र कुँवर ‘विजय सुन्दर’ को सहजीकरणमा कुँवरले पुनर्मिलन गरेका हुन्।