
काठमाडौं। विश्वकप लिग-२ क्रिकेटअन्तर्गत नामिबियाविरुद्ध नेपालले एक सय ६९ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको जिम्मा पाएको नेपालले ३७.१ ओभरमा सबै विकेट गुमाएर एक सय ६८ रनमात्र जोड्यो ।
नेपालका लागि आसिफ शेख ५८, कुशल मल्ल ३६,भीम सार्कीले २६ , कुशल भुर्तेल १८ र करण केसीले १२ रन जोडेर आउट भए । दीपेन्द्रसिंह ऐरीले ६ र सोमपाल कामीले ४ रन बनाए । रोहित पौडेल, देव खनाल र अनिल शाहले खाता खोल्न सकेनन् ।