कांग्रेस महासमिति बैठक : चार प्रस्ताव सर्वसम्मत पारित

काठमाडौं । नेपाली कांग्रेसको गोदावरीमा जारी महासमिति बैठकले चार वटा प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ ।

महासमितिमा पेस भएका उपसभापति पूर्णबहादुर खड्काको नीति प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्ताव र अर्का महामन्त्री गगन थापाको सांगठनिक प्रस्ताव पारित भएको हो ।

बैठकले लेखा समिति संयोजक श्याम घिमिरेले पेस गरेको लेखा परीक्षण प्रतिवेदनलाई बिहीबार सर्वसम्मतिले पारित गरेको छ ।

महामन्त्री थापाले चारवटै प्रस्ताव पारित गरिदिन बैठकमा गरेको आग्रहलाई महासमिति सदस्यहरुले ताली बजाएर स्वागत गरेका थिए ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१