• २०८३ असार १७
  • 2026 July 01, Wednesday

संसदीय समिति ‘गाईजात्रा’ देखाउने ठाउँ होइन् : मन्त्री गुरुङ

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले समितिलाई ‘गाईजात्रा’ देखाउने थलोको रुपमा प्रयोग नगर्न आग्रह गरेका छन् ।शुक्रबार कानून, न्याय तथा मानव अधिकार समितिमा बसेको बैठकमा उनले प्रमुख सचिवालयबाट आएको क्लालेन्डरमा समितिका सदस्यहरुले आपत्ति जनाएपछि मन्त्रीले गाईजात्रा देखाउने थलोको रुपमा समितिलाई प्रयोग नगर्न आग्रह गरेका हुन् ।

उनले भने, ‘क्यालेन्डरको कुरा गर्दा क्यालेन्डरमा के लेखिएको छ भने सभाको बैठक नबस्ने दिनहरु समितिको बैठक बस्ने व्यवस्था गरिएको छ । प्रमुख सचिवालयबाट क्लालेन्डर आएपछि समितिलाई गाईजात्रा देखाउने थलोको रुपमा प्रयोग नगरौं । संसदको सचिवालयले शनिबार बाहेक ६ दिनमा तीन दिन संसद बस्ने, संसद नबसेको दिन समितिको बैठकको लागि भनेर प्रष्ट लेखिएको छ ।समितिमा सूचना दिन नपाउने, सूचना दिन पाउदैंन् भन्ने ढङ्गले समिति चल्दैँन्, सूचना दिने हक म सँग पनि छ ।’

यस्तै, उनले समितिको कार्यसूचीभन्दा बाहिर गएर समितिमा छलफल भएको भन्दै आपत्ति जनाए । मन्त्री गुरुङले भाषण मात्रै नगर्न र विषय प्रवेश गरेर छलफल गर्न आग्रह गरे ।