• २०८३ साउन १०
  • 2026 July 26, Sunday

लिग टू : नेदरल्याण्ड्ससँग नेपाल ८ विकेटले पराजित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको अन्तिम खेलमा नेपाल पराजित भएको छ ।नेपालले दिएको एक ७३ रनको लक्ष्य नेदरल्याण्ड्सले ३७.५ ओभर खेल्दै २ विकेट गुमाएर भेट्टाएको हो । ललित राजवंशी र दिपेन्द्रसिंह ऐरीले एक÷एक विकेट झारे ।

टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै एक सय ७२ रन मात्र बनाउन सक्यो ।नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६६ रनको योगदान दिए ।त्यस्तै, करण केसीले २६ रन, रोहित पौडेल १६ रन, आरिफ शेखले २२ रन, आसिफ शेख १७ रनको यागदान दिए ।