• २०८३ साउन ११
  • 2026 July 27, Monday

क्रिकेट संघले समिति संयोजक र प्रमुख प्रशिक्षकहरु तोक्यो

काठमडौं । नेपाल क्रिकेट संघ क्यानले विभिन्न समितिको संयोजक र प्रमुख प्रशिक्षकहरु तोकेको छ ।

संघको प्रतियोगिता समिति संयोजक दिवाकर घले, प्राविधिक समिति संयोजकमा विक्रम बिष्ट विकास समिति संयोजकमा धीरेन्द्र सावद र महिला क्रिकेट विकास समिति संयोजक प्रदीप मजगैयालाई जिम्मेवारी दिएको छ ।

त्यस्तै नेपाल ‘ए’ टीमको मुख्य प्रशिक्षकमा पुर्वकप्तान ज्ञानेन्द्र मल्ल तथा प्रशिक्षकमा पूर्वअन्तर्राष्ट्रिय क्रिकेट खेलाडी कलाम अली साथै यु–१९ महिला टीम प्रशिक्षकको जिम्मेवारी महेशप्रसाद रिजाललाई दिने निर्णय गरेको सचिब पारस खड्काले जानकारी दिए ।

फागुन १२ र १४ गते चलेको संघको बैठकले नेपालको घरेलु क्रिकेट संरचनालाई बलियो बनाउने योजना बमोजिम उमेर समूहको प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको उमेर खुल्ने कागजपत्र, विद्यालयको शैक्षिक प्रमाणपत्रको आधारमा तथा अन्य मापदण्ड बनाई प्रतियोगितामा सहभागी गराउने वा नगराउने सम्वन्धमा आवश्यक नीति तथा कार्यक्रम तयार गरि कडाईका साथ कार्यान्वयन गर्ने निर्णय समेत गरेको छ ।

त्यस्तै बैठकले महिला तथा पुरुष खेलाडीहरुको वर्गीकरणलाई अनुमोदन गर्ने निर्णय समेत गरेको छ । बैठकले २०२४ को लागि केन्द्रीय अनुबन्धमा रहने महिला तथा पुरुष खेलाडीहरुको वर्र्गीकरणलाई अनुमोदन गर्ने निर्णय गरेको छ ।