• २०८३ असार १७
  • 2026 July 01, Wednesday

बजेटका सिद्धान्त र प्राथमिकता संसदमा पेस (पूर्णपाठसहित)

काठमाडौं । ‘आर्थिक बर्ष २०८१÷०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) प्रस्ताव’ प्रतिनिधि सभामा पेस गरिएको छ ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा.प्रशाशशरण महतले आर्थिक वर्ष २०८१÷८२ लागि विनियोजन विधेयकका लागि विधेयकका सिद्धान्त र प्राथमिकताको सन्दर्भमा (कर प्रस्ताव बाहेक) भन्ने प्रस्ताव संसदमा प्रस्तुत गरेका हुन् ।

अर्थमन्त्री महतले अगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा सदनको अपनत्व सुनिश्चित गर्न बजेटको कार्यतालिका परिवर्तन गर्ने प्रतिवद्धता चालु अर्थिक वर्षको बजेट वक्तव्यका क्रममा गरेका थिए ।

अर्थमन्त्री महतले लगानी अनुकूल वातावरण सृजना गर्न गरिएको प्रक्रियागत सरलीकरण, निजी क्षेत्रसँगको निरन्तर संवाद, पूँजीगत खर्चको प्रभावकारिताका लागि गरिएको निरन्तर पहल, मौद्रिक नीतिमा पछिल्लो समय अपनाइएको केही लचकता एवं वित्त नीति र मौद्रिक नीति बीचमा तालमेल गर्न गरिएको प्रयासबाट अर्थतन्त्र क्रमशः सकारात्मक दिशातर्फ अघि बढ्न सफल भएको स्पष्ट पारे ।

लगानी अनुकूल वातावरण सृजना गर्न गरिएको प्रक्रियागत सरलीकरण, निजी क्षेत्रसँगको निरन्तर संवाद, पुँजीगत खर्चको प्रभावकारिताका लागि गरिएको निरन्तर पहलका मारण वित्त नीति तगा मौद्रिक नीति क्रमशः सकारात्मक रुपमा अघि बढेको उनको दाबी छ ।

अर्थमन्त्री महतले भने,‘लगानी अनुकूल वातावरण सृजना गर्न गरिएको प्रक्रियागत सरलीकरण,निजी क्षेत्रसँगको निरन्तर संवाद, पुँजीगत खर्चको प्रभावकारिताका लागि गरिएको निरन्तर पहल, मौद्रिक नीतिमा पछिल्लो समय अपनाइएको केही लचकता एवं वित्त नीति र मौद्रिक नीति बीचमा तालमेल गर्न गरिएको प्रयासबाट अर्थतन्त्र क्रमशः सकारात्मक दिशातर्फ अघि बढेको छ ।’

राजश्व संकलन लक्ष्य अनुरुप नभए पनि वृद्धिदर करिव १० प्रतिशत रहेको र आउने दिनमा थप वृद्धि हुने अनुमान रहेको महतको भनाइ छ ।