नामिबियाका लफ्टी बने टी २० मा सर्वाधिक छिटो शतक बनाउने खेलाडी

काठमाडौं । नामिबियाका जान निकोल लफ्टी इटन टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो सतक बनाउने खेलाडी बनेका छन् ।

मंगलबार टीयू क्रिकेट मैदानमा लफ्टी इटनले ३३ बलमा सतक पुरा गरेका हुन् । उनले ८ छक्का र ११ चौका प्रहार गरेका छन् ।

यसअघि यो रेकर्ड नेपालका कुशल मल्लको नाममा थियो । मल्लले ३४ बलमा सतक पुरा गरेर सबैभन्दा कम बलमा सतक बनाउने विश्व कीर्तिमान बनाएका थिए ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७