नेपाल नेदरल्यान्डसँग २ रनले पराजित

काठमाडौं । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेपाल नेदरल्यान्डसँग २ रनले पराजित भएको छ ।

नेदरल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभर ८ विकेट गुमाएर १८२ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ६३ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन । कप्तान रोहित पौडेलले ५०, आसिफ शेख ३४, कुशल मल्ल ११, करण केसी ११, सन्दीप जोरा ८ रन बनाउँदा कुशल भुर्तेल र सोमपाल कामी शून्य रनमा आउट भए । बलिङमा नेदरल्यान्डका साइब्रान्ड एंगलब्रेक्टले सर्वाधिक २ विकेट लिए ।

यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८४ रन बनाएको थियो । नेदरल्यान्डका लागि माइकल लेभिटले सर्वाधिक ५४ रन जोडेका थिए । साइब्रान्ड एंगलब्रेक्ट ४९ रनमा अविजित रहदा म्याक्स ओ डाउड ४, कप्तान स्कट एडवार्ड्स ३३, तेजा निदामानुरु ३१ रन बनाएर आउट भएका हुन् ।

बलिङममा नेपालका करण केसी र कुशल मल्लले एकएक विकेट लिएका थिए । पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१