छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा परि तीन जनाको मृत्यु जनाको मृत्यु भएको छ ।

कपिलवस्तु, झापा र चितवनमा भएका दुर्घटनामा परि तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कपिलवस्तुको बुद्धभुमी नगरपालिका–४ मा लुम्बिनी प्रदेश ३ च ४३८३ नम्बरको पिकअपले लुम्बिनी प्रदेश १३ प १८१९ नम्बरको मोटरसाइकललाई बुधबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक कपिलवस्तु नगरपालिका–२ घर भई बुद्धभुमी नगरपालिका–४ बुढ्डी चोक बस्ने ५५ वर्षीय सितल कहारको मृत्यु भएको प्रहरीले जनाएको छ ।  पिकअप चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

त्यस्तै, झापाको मेचिनगर नगरपालिका–४ कालिखोलास्थित सडकमा साईकलबाट लडेर साइकलयात्री सोही नगरपालिका–५ बस्ने ५० वर्षीय काले कुमालको बुधबार साँझ मृत्यु भएको छ । लडेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो

त्यसैगरि उता चितवन, रत्ननगर नगरपालिका–९ स्थित सडकमा प्रदेश २–०३–००१ ख ६९९६ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूषको गएरातिमृत्यु भएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१