• २०८३ असार १७
  • 2026 July 01, Wednesday

महरा छुटेपछि ज्ञानेन्द्र शाहीको कटाक्षः ‘काक्रो चोर मात्र हो जेल बस्ने सुन चोर त बस्न पर्दैन’

काठमाडौं । माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा छुटेपछि ज्ञानेन्द्र शाही आक्रोशित बनेका छन् । इलेक्ट्रिक चुरोट (भेप) मार्फत ९ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका कृष्णबहादुर महरा हाजिर जमानीमा छुटेका छन्।

त्ससको विरोध स्वरुप राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सचेतक ज्ञानेन्द्र शाहीले उखु चोर र काक्रो चोर मात्र हो जेलमा बस्ने सुन चोर त बस्न पर्दैन हैन त ? भनेर प्रश्न गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा गृहमन्त्री रवि लामिछानेलाई सुन चोर जेलमा नबस्ने भन्दै प्रश्न गरेका छन् । उनको उक्त भनाई अनुसार सामान्य चोर अर्थात भुईमान्छे उखु चोरोस या काक्रो चोरोस जेल जान्छ तर भिआईपीहरु सुन चोर्दा समेत छुट्छन भन्नु हो।

महरालाई सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले महरालाई हाजिर जमानीमा छाड्ने आदेश दिएका हुन्। महरा उनका छोरा निर्मलको जमानीमा छुटेका हुन्। महरा विभिन्न रोगका बिरामी रहेको हुँदा छाड्न आदेश दिइएको कटुवालले बताए।