• २०८३ असार १७
  • 2026 July 01, Wednesday

अर्थतन्त्र जबसम्म निजि क्षेत्रको बलियो हुँदैन् तबसम्म सरकार बलियो हुँदैन् : मनिष झा (भिडिओसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मनिष झाले सरकारले उद्यमी र उद्यमशीलतालाई सहजीकरण गर्नुपर्ने बताएका छन् ।

विद्युतीय व्यापार विधेयक, २०८० माथि छलफल गर्नेक्रममा उनले अर्थतन्त्र निजि क्षेत्रको बलियो नभए सरकारको पनि नहुने बताएका हुन् । ‘यो राष्ट्रमा अर्थतन्त्र निर्माण व्यवसायीको, अर्को राज्यको र अर्को निजि क्षेत्रको हुन्छ । अर्थतन्त्र जबसम्म निजि क्षेत्रको बलियो हुँदैन तबसम्म सरकार बलियो हुँदैन् । त्यसकारण यसै किसिमका विधेयकहरु निर्माणमा ध्यान दिन जरुरी छ । सरकारको उदारताको कमी देखियो ।’ उनले भने ।

उद्यम, उद्यमी र उद्यमशीलतालाई एकै प्रकारले हेर्न नहुने बताएका हुन् । झाले भने ‘उद्यम भनेको गति हो, उद्यमी भनेको व्यक्ती हो र उद्यमशीलता भनेको प्रकिया हो । यी सबै कुरालाई सफलता पूर्वक सञ्चालन गर्नको लागि हामिहरुलाई चाहिने भनेको पहुँच हो ।’

पहुँच सबैतिर पुगेको भन्दै उनले राज्यलाई सहजीकरण गर्न आग्रह गरेका छन् । ‘पहुँच सिपमा, पहुँच स्रोतमा र पहुँच बजारमा पुगिसकेको छ । अब चाहिने भनेको ई-कमर्सको क्षेत्रमा राज्यको सहजीकरण हो ।’ उनले भने ।
तर प्रस्तावित विद्येयक हेर्दा राज्य ठेकेदार जस्तो देखिएको उनले आरोप लगाएका छन् । उद्यमीले आफैं सबै काम गर्ने भएकाले सरकारले अनुसन्धान गरेर सहजीकरण मात्र गनुपर्ने सुझाव दिए ।

दस्तुर र पेनाल्टीको विषयमा मात्र राज्यले ध्यान दिएको बताए । यी विषयलाई हेर्दा राज्यले प्रयाप्त अनुसन्धान नगरेको झाको बुझाई छ । ‘अनुसन्धान प्रयाप्त नहुँदा परापूर्वक कालमा नेपालमा व्यापार गर्देगर्दाखेरी व्यापारीलाई नाफाको पर्यावाची भन्ने चलन थियो । अहिलेपनि त्यहि चलन र त्यहि दृष्टिकोणले हेरिएको हो की ?’ उनले प्रश्न गरे ।