‘विद्युतीय व्यापार विधेयक २०८०’ शिर्षकमाथि सांसद पराजुलीको टिप्पणी, इन्टरनेट नेपालीले जन्माएको प्रविधि होइन(भिडियो सहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले विद्युतीय व्यापार सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधयेक २०८० को शिर्षकमाथि टिप्पणी गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विद्युतीय व्यापार विधेयक २०८० माथिको सैद्धान्तिक छलफलमा भाग लिदैँ उनले विद्युतीय व्यापार विधेयक २०८० को नाम नै परिवर्तन गर्नुपर्ने बताएका छन् ।
उनले विद्युतीय व्यापार विधेयक २०८० र ‘इ कमर्श’ लाई जोडेर व्याख्या गर्दै इन्टरनेट नेपाली भाषाबाट उत्पत्ती नभएको औंल्याएका थिए । ‘इन्टरनेर्ट’ एक कुनाबाट अर्काे कुनासम्म जोड्ने राजमार्ग भएको बताए।

वर्तमान समयमा जसरी एआईले फरक ढङ्गले व्यापार गरिरहेको त्यसरी नै भोलीका दिनमा फरक ढङ्गले फरक परिविधिले व्यापार गरिने भएकाले ‘इ कमर्श’ सगँको व्यवसायलाइ आत्मसाथ व्यवस्थित गर्न १०÷१५ वर्ष अगाडि ल्याइसक्नुपर्ने विधेयक आज सरकारले गरेको विधेयक ढिलै भए पनि स्वागत योग्य भएको बताएका छन् ।

विद्युतीय व्यापार विधेयक २०८० मा समावेश भएको बुदाँ, ‘प्रचलित कानुन बमोजिम दर्ता भइ बस्तु वा सेवाको व्यापार गर्न अनुमति गरेका कुनै व्यक्ति, फर्म वा संस्था यस ऐनको अध्ययनमा रही विद्युतीय गर्नुपर्ने छ ।’ उक्त बुदाँले आफुले सोचेको जती मात्रै विद्युतीय व्यापार र ‘इ कमर्श’ हो यो भन्दा फरक पाटो हैन भने आंकलन गरिएको महशुस भएको बताए ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१