गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले राजीनामा दिने

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज पदबाट राजीनामा दिने भएका छन् । उनले बिहान ११ बजे प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाउने भएका हुन् ।

राजीनामा दिनुअघि मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद बैठक बसालेका थिए । सो बैठकमा उनले पछिल्लो अवस्थाबारे जानकारी गराउँदै आफूले राजीनामा दिन लागेको जानकारी गराएका थिए ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१