काठमाडौं । नेकपा एमालेकी पूर्वनेत्री समेत रहेकी गंगा चौधरी शिव सेना नेपाल प्रवेश गरेकी छिन् । पछिल्लो समय दुर्गा प्रसाईंको अभियानमा जोडिएकी चौधरीले आफू शिव सेना नेपालमा प्रवेश गरेको बताएकी छिन् ।
चौधरीले आफु बाबा जय गूरुदेवको चेला भएको र धर्मप्रति आस्था भएकाले शिव सेना नेपालमा प्रवेश गरेको बताइन् । बाबा जय गूरुदेव मानव धर्म विकास संस्थामा आस्था राख्ने नेपालमा ६० हजार धर्मावलम्बी रहेको बताउँदै उनले आफू नेपालको महिला अध्यक्ष भएको समेत जानकारी दिइन् ।
उनले राष्ट्रको लागि एक दिन मर्न तयार रहनु पर्ने भन्दै काठमाडौंमा आन्दोलनका लागि आउन समेत आग्रह गरेकी छन् ।
हेर्नुहाेस् भिडिओ: