• २०८३ असार १७
  • 2026 July 01, Wednesday

प्रमुख प्रतिपक्षको अवरोधपछि प्रतिनिधि सभा २ गतेसम्मलाई स्थगित

काठमाडौं । नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीको सदन अवरोधका कारण सभामुख देवराज घिमिरेले चार दिनका लागि संसद बैठक स्थगित गरेका छन् । बुधबार आकस्मिक समय सकिएलगत्तै प्रतिपक्षी दलहरु आ–आफ्नो स्थानमा उठेर बैठक अवरुद्ध गरे ।

गृहमन्त्रीविरुद्ध संसदीय छानबिन हुनुपर्ने अडान कायमै राखेको कांग्रेसले आकस्मिक समयमा सदन सञ्चालन गर्न दिएपनि शून्य समय प्रारम्भ गर्न खोज्दा अवरोध गरेको हो । राप्रपाका सांसदले पनि मंगलबारको प्रर्दशनमा आफूमाथि प्रशासनले शक्ति प्रयोग गरेको आरोप लगाउँदै सदनमा विरोध जनाए ।

बुधबार आकस्मिक समय सकिएलगत्तै प्रतिपक्षी दलका सांसदले आ–आफ्नो स्थानमा उठेर बैठक अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले आगामी वैशाख २ गते ११ बजेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित भएको जानकारी गराए ।

मंगलबारको बैठक पनि कांग्रेसको अवरोधका कारण आजलाई सारीएको थियो ।