• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

‘भिजिट भिसा’ निर्माण घोषणा

काठमाडौं । नयाँ वर्ष २०८१ सालको अवसर पारेर नयाँ फिल्म नेपाली फिल्म ‘भिजिट भिसा’ निर्माणको घोषणा गरिएको छ ।छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा निर्माण हुने पारिवारिक सोसल ड्रामामा कथा निर्माण हुने फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो ।सार्वजनिक पोस्टरमा पहाडको खोँच, खोँचमा कुहिरो, हिमाली क्षेत्रमा पाइने बोटविरुवाले हिमाली क्षेत्रको संकेत गरेको छ ।

पोस्टरमा प्राचिन बस्ती देखाइएको छ। बस्तीका घर पुराना भइसकेका छन् । जीर्ण बनेका घर लड्न ठिक्क परेजस्ता देखिन्छन् । ढुंगाको छानो भएका बाक्लै घर तीनतलेसम्मका र सिँढी देखिन्छ । यसले कुनै समयको संवृद्ध बस्ती भएको पोस्टरले संकेत गरेको छ ।फिल्मका निर्माता टोपेन्द्र विष्टले फिल्मले पछिल्लो समय लर्को लागेर विदेश जाने प्रवृत्तिलाई देखाउने बताए ।

मोती बिष्ट प्रस्तुतकर्ता रहेको यो फिल्मको निर्माता टोपेन्द्र बिष्ट हुन् । बिराज बिष्टको कथा रहने फिल्ममा यम थापाको पटकथा रहेको छ । बिराजले यसअघि फिल्म ‘बुलाकी’ निर्माण गरेका थिए । यो फिल्मले चलचित्र विकास बोर्डले आयोजना गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८०’मा विशेष फिल्मको अवार्ड समेत पाएको थियो ।