काठमाडौं । एसिसि प्रिमियर कपको आजको खेलमा नेपालले टस जितेको छ । ओमनमा हिजोदेखि सुरु भएको नेपालको दोस्रो खेलमा आज नेपाल कतार विरुद्ध खेल्दै छ ।
टस जितेर नेपालले पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ । अल अमेरत क्रिकेट मैदानमा हुने खेलमा टोलीका अलराउण्डर करण केसीलाई बेन्चमा राखिएको छ । करण केसीको स्थानमा विवेक यादव टोलीमा आएका छन् ।
नेपालको प्लेइङ ११
आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल ९कप्तान०, सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, विवेक यादव, सोमपाल कामी, अभिनाश बोहोरा
बेन्च: प्रतिश जिसी, अनिल शाह, करन केसी
खेल नेपाली समय अनुसार ४:१५ बजे सुरु हुनेछ ।