• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

नेपालले गुमायो दोस्रो विकेट, रोहित १८ रनमा आउट

काठमाडौं । एसिसि प्रिमियर कपमा नेपालले दोस्रो विकेट गुमाएको छ । ओमनमा हिजोदेखि सुरु भएको नेपालको कतार विरुद्धको खेलमा नेपालले दोस्रोे विकेट गुमाएको हो ।

अल अमेरत क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालका कप्तान रोहित पौडेल १६ बलमा १८ रन बनाएर आउट भए ।

ओपनर कुशल भुर्तेल यसअघिनै १० बलमा १२ रनमात्र जोडेर आउट भएका थिए । दुवै क्याच आउट भएका छन् ।

अर्का ओपनर आसिफ शेख २१ बलमा ३३ रन बनाइ खेलिरहेका छन् । नेपालले अहिले ७.४ ओभरमा नेपालले ६७ रन बनाएको छ ।

नेपालले आफ्नो पहिलो खेलमा हिजो मलेसिया माथि ५ विकेटको जित दर्ता गरेको थियो ।

अल अमेरत क्रिकेट मैदानमा हुने खेलमा टोलीका अलराउण्डर करण केसीलाई बेन्चमा राखिएको छ । करण केसीको स्थानमा विवेक यादव टोलीमा आएका छन् ।