
काठमाडौं । एसिसि प्रिमियर कपमा नेपालले चौथो विकेट गुमाएको छ । ओमनमा हिजोदेखि सुरु भएको नेपालको कतार विरुद्धको खेलमा नेपालले आफ्नो चौथो विकेट गुमाएको हो ।
अल अमेरत क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालका ओपनर आशिफ सेख ४० बलमा ५२ रन बनाएर आउट भए । उनी नेपालका लागि महत्वपूर्ण पारी खेले ।
कुशल मल्लले १७ बलमा ३५ रन बनाएर आउट भए । कप्तान रोहित पौडेल १६ बलमा १८ रन, ओपनर कुशल भुर्तेल १० बलमा १२ रन जोडेर आउट भएका थिए । तीनै खेलाडी क्याच आउट भएका छन् ।
नेपालले अहिले १४.१ ओभरमा नेपालले १२७ रन बनाएको छ ।