एलिना चौहान र विष्णु सापकोटाको विवाह आज

काठमाडौं । गायिका एलिना चौहान र गायक विष्णु सापकोटा आज विवाह बन्धनमा बाधिँदै छन् ।

झापाकी एलिना चौहान र बाग्लुङका विष्णु सापकोटाबीच प्रेम सम्बन्ध लामो समयदेखि थियो । बीचमा सम्बन्ध बिग्रिएको चर्चा भएपनि पछि सम्बन्ध सुमधुर गयो ।

झापाको विर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा उनीहरूको विवाह समारोह राखिएको छ।

बेहुला विष्णु हिजो बेलुका नै बागलुङबाट झापा पुगिसकेका छन्। एलिनाको मेहन्दी समारोहमा पुगेर उनले आफ्नो गीत समेत गाएका थिए।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७