सेयर बजार दोहोरो अंकले घट्यो, कारोबारमा लगातार गिरावट

काठमाडौं । नयाँ वर्षको सुरुबाटै ओह्रालो लागेको सेयर बजार कारोबारमा साताको अन्तिम कारोबार दिन पनि सुधार आएन । बिहीबार बजार परिसूचक १९.५६ अंकले घट्दै १९७२.१४ विन्दुमा बन्द भएको छ । कारोबार रकम पनि लगातार घटेको छ ।

५३ लाख ४४ हजार ६१३ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ९ करोड ३६ लाख रुपैयाँ छ । यसअघि गत मंगलबार बजार १४.८१ अंकले घटेर नेप्से परिसूचक १९९१.७१ विन्दुमा रह्ँदा कारोबार रकम २ अर्ब १० करोड ३० लाख रुपैयाँ थियो ।

सोमबार २ अर्ब ७९ करोड ७५ लाख र आइतबार बजार कारोबार रकम ३ अर्ब ६ करोड रुपैयाँ थियो ।

१३ उपसमूहमा आज पनि सबै घट्दा परिसूचकसँगै कारोबार रकम घटेको हो । लघुवित्त, उत्पादन तथा प्रशोधन, विकास बैंक उपसमूह अधिक घटेका छन्।
कारोबारमा आएका कम्पनीमध्ये २ सय ११ वटाको सेयरमूल्य घट्दा लगानीकर्ता नोक्सानमा छन् । २७ कम्पनीको सेयरमूल्य बढ्यो भने ६ कम्पनीको सेयरमूल्य स्थिर रह्यो ।

खानीखोला हाइड्रोपावर, पोखरा फाइनान्स, एनआइसी एसिया ग्रोथ फण्ड–२, मध्य भोटेकोसी जलविद्युत, पिपुल्स पावरलगायत बढेकाको सूचीमा छन् । सर्किटस्तरमा बढ्ने कम्पनी भने छैनन् ।

सर्वाधिक कारोबार हुने सेयर गोर्खाज फाइनान्सको रह्यो । उक्त फाइनान्सको १७ करोड ८२ लाख रुपैयाको सेयर किनबेच भएको छ । यस्तै सूर्यज्योति लाइफ इन्स्योरेन्सको १० करोड ५ लाख, पोखरा फाइनान्सको ७ करोड ३७ लाख र शिवम् सिमेन्टको ५ करोड ४५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

सेयरमूल्य घटेका कम्पनीमा रुरु जलविद्युत परियोजना यो साता दोस्रो पटक परेको छ । गोर्खाज फाइनान्सको पनि घटेको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७