
बागलुङ । हावाहुरीका कारण बागलुङको बरेङ्ग गाउँपालिका १ लिउँवामा रहेकाे धुल्लु लिउँवा माध्यमिक विद्यालयको छानो उडाएको छ ।
शनिवार दिउँसो साढे २ बजेतिर शक्तिशाली हावाहुरीले विद्यालयको छानो उडाएको विद्यालय प्रशासनले जनाएको छ । तीन कोठे विद्यालय भवनमा रहेको जस्ताको छानो उडाएको हो । शनिवार विदाको दिन आएको हावाहुरीले गर्दा सामान्य क्षति हुन पुगेको हो ।
देशका विभिन्न ठाउँमा यो समयमा हावाहुरी र आगोलागि भइरहेको छ ।