लगानीका लागि नेपाल नयाँ गन्तव्य हो, लगानी विस्तार गरौं : चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीका लागि नेपाल नयाँ गन्तव्य बन्न सक्ने बताएका छन् ।

आइतबारदेखि काठमाडौंमा सुरु भएको लगानी सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेकाले लगानी विस्तार गर्न विश्वभरका लगानीकर्तालाई आग्रह गरे ।

अध्यक्ष ढकालले नेपालमा लगानीका लागि सहज वातावरण बन्दै गएको उल्लेख गर्दै पर्यटन, ऊर्जा, पूर्वाधार, कृषि, सूचना प्रविधिलगायतका क्षेत्रहरुमा लगानीको सम्भावना रहेको बताए ।

विश्वका उदाउँदा ठुला अर्थतन्त्र, चीन र भारतको बिचमा रहेको नेपालको रणनैतिक अवस्थितिले गर्दा यी दुई देशको बजार, पर्यटन र विकासको फाइदा नेपालले लिन सक्ने बताए ।

उनले नेपाल सरकार र भारत सरकारबीच सम्पन्न दीर्घकालिन विद्युत् व्यापार सम्झौताको स्मरण गर्दै यसले नेपालको अथाह ऊर्जा सम्भावनालाई बजारसम्मको पहुँच पु¥याउने बताए ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७